

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारको कुनै मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने वा पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्।
सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार रहेको चर्चा भइरहेका बेला नेपाल पत्रकार महासंघको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनी प्रावधानको दुरुपयोग गरेर नियन्त्रण गर्ने सरकारको कुनै उद्देश्य नरहेको बताएका हुन्।
उनले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चारमाध्यमहरूले पनि साइबरसँग सम्बन्धित संवेदनशील विषयमा सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। “सरकारले हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्नु नै सबैभन्दा राम्रो उपाय हो,” मन्त्री तिमिल्सिनाले भने।
मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा अनुचित हस्तक्षेप गरिए त्यसको परिणाम सहज नहुने विषयमा सरकार पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै सरकार त्यस्तो कुनै कदम चाल्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले पत्रकारहरूलाई साइबरसँग सम्बन्धित कानूनी व्यवस्थाबारे पर्याप्त जानकारी राख्न पनि आग्रह गरे।
“हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ। यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु,” उनले भने।
सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सरकार तयार रहेको दाबी गर्दै मन्त्री तिमिल्सिनाले गैरकानूनी माग वा विषयवस्तु लिएर सञ्चार मन्त्रालयमा नआउन पनि घुमाउरो चेतावनी दिए। उनले सञ्चार क्षेत्रको विश्वसनीयता, उत्तरदायित्व र व्यावसायिकतालाई थप सुदृढ बनाउन सरकार र सञ्चार जगतबीच सहकार्य आवश्यक रहेको बताए।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै
-
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
-
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारको कुनै मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
-
चितवनमा हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु, घरमा आगलागी
-
नागरिकको आँखाबाट सरकारको सय दिन: आशाभन्दा अविश्वास, परिवर्तनभन्दा निराशा
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…





