मधेश मुक्ति अभियानप्रति जनआकर्षण, कार्यक्रम भव्य

सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८३ असार २० गते सम्पन्न उक्त कार्यक्रममा अपेक्षाभन्दा निकै ठूलो जनसहभागिता देखिएको थियो।

कार्यक्रमको अध्यक्षता अमित कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आर. पी. सिंहको उपस्थिति रहेको थियो। प्रारम्भिक रूपमा करिब १०० जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममामा ५०० भन्दा बढी नागरिकको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ।

अप्रत्याशित भीडका कारण केही समय व्यवस्थापन चुनौतीपूर्ण बने पनि कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै निर्धारित उद्देश्यअनुसार सफलतापूर्वक सम्पन्न गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले मधेशका समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय विषयमा गहन छलफल गरेका थिए। विशेषगरी मधेशको भविष्य, अधिकार, पहिचान र आत्मनिर्णयका मुद्दामा सहभागीहरूले आफ्ना धारणा राख्दै बहसलाई सार्थक बनाएका थिए।

अभियानका संयोजक आश्विनी कुमार मधेसीको नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानले मधेशका मुद्दाहरूलाई संगठित रूपमा अघि बढाउने लक्ष्य राखेको छ। कार्यक्रममार्फत अभियानप्रति जनचासो र समर्थन बढ्दो रूपमा देखिएको आयोजकहरूको भनाइ छ।

यसैबीचअभियानका प्रवक्ता भागिरथ जीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहभागीस्थानीयवासी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

Facebook Comments Box
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…

TOP
423 Shares