

एपीएफ स्कुलमा मिटरब्याज प्रकरण : लेखाअधिकृत पक्राउपछि उच्च अधिकारीसम्म छानबिन पुग्ने चर्चा
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्गत कीर्तिपुरस्थित एपीएफ स्कुलको रकम मिटरब्याजमा लगानी गरिएको आरोपमा लेखाअधिकृत कल्पना गुरुङ पक्राउ परेकी छन्। पक्राउसँगै घटनामा संलग्नता हुनसक्ने अन्य उच्च अधिकारीसम्म अनुसन्धान विस्तार हुने चर्चा चलेको छ।
प्रहरी परिसर काठमाडौँले गुरुङ र रकम लिएका लिलाबहादुर लामा (टासी) विरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा स्कुलको करोडौं रुपैयाँको हिसाबकिताबमा अनियमितता देखिएको बताइन्छ।
यसअघि सशस्त्र प्रहरी बल मुख्यालयले आन्तरिक छानबिन सुरु गरेको थियो। कानुन विभागका डीआईजी युवराज अर्यालको संयोजकत्वमा भएको छानबिनपछि प्रहरी अनुसन्धानका लागि सिफारिस गरिएको बताइएको छ। सोही आधारमा काठमाडौँ परिसरले थप अनुसन्धान अघि बढाएको हो।
यस प्रकरणमा स्कुलका तत्कालीन तथा पूर्व कमाण्डेन्ट र लेखाअधिकृतहरूको भूमिकाबारे पनि प्रश्न उठेको स्रोतहरूको दाबी छ। तर, हालसम्म कसैलाई पनि औपचारिक रूपमा दोषी ठहर गरिएको छैन।
यता, घटनासँग जोडिएका भनिएका केही पूर्व तथा बहालवाला अधिकारीहरूले भने आरोप अस्वीकार गर्दै आवश्यक परे अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका छन्।
प्रहरी स्रोतका अनुसार वित्तीय कारोबार, चेक जारी प्रक्रिया र हस्ताक्षर सम्बन्धी विषयमा विस्तृत छानबिन भइरहेको छ। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै
-
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
-
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारको कुनै मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
-
चितवनमा हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु, घरमा आगलागी
-
नागरिकको आँखाबाट सरकारको सय दिन: आशाभन्दा अविश्वास, परिवर्तनभन्दा निराशा
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…





