

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकामा सम्पन्न अन्तिम–१६ को रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए।
खेल अतिरिक्त समयमा धकेलिने अनुमान भइरहेका बेला ९१औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए। मेरिनोको उक्त गोल नै खेलको एकमात्र गोल बन्यो।
यस जितसँगै स्पेनले जारी विश्वकपमा आफ्नो उत्कृष्ट रक्षात्मक प्रदर्शनलाई निरन्तरता दिएको छ। स्पेन हालसम्म प्रतियोगितामा एक गोल पनि नखाई क्वाटरफाइनल पुग्ने टोली बनेको छ।
अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अमेरिका र बेल्जियमबीच हुने अन्तिम–१६ को विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





