

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोविरुद्ध मुद्दा दर्ता
महोत्तरी । गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आपराधिक उपद्रव तथा हुलदङ्गासम्बन्धी मुद्दा दर्ता भएको छ।
निगौल गाई गौशालाकी कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेमाथि भएको कुटपिट तथा दुर्व्यवहार घटनामा प्रत्यक्ष संलग्नता र निर्देशन दिएको आरोपमा मेयर महतोविरुद्ध मुद्दा दर्ता गरिएको हो।
प्रहरीका अनुसार असार ११ गते निगौल गाई गौशालाको जग्गामा नगरपालिकाले स्वीकृतिबिना ढल निकासको काम गर्न खोजेपछि त्यसलाई रोक्न पुगेकी पाण्डेमाथि नगर प्रमुखकै उपस्थितिमा नगर प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गेलेका अनुसार सोही घटनामा गौशाला नगरपालिका–११ का दिनेश्वर महतो र वडा नं. ४ का ईन्दल राउतविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
यसअघि घटनामा संलग्न रहेको आरोपमा आठ जना नगर प्रहरीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





