सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम

काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार बर्डफ्लु नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको छ।

यस्तै, पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै अवैध रूपमा भित्र्याइएका पन्छी नष्ट गरेको जनाएको छ। हाल संक्रमित जिल्लामा अवस्था सुधार भएसँगै पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ।

विभागका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले रोग देखिएका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिएको छ।

Facebook Comments Box
TOP
271 Shares