निमित्त आईजीपी राजन अधिकारीद्वारा देशभरका प्रहरी कर्मचारीलाई विशेष निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएको छ।
निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेसँगै अधिकारीले प्रहरी प्रधान कार्यालयबाट देशभरका प्रहरी कार्यालय तथा इकाइहरूलाई शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा जनशक्ति परिचालनका विषयमा आवश्यक निर्देशन दिनुभएको छ।
उहाँले मुलुकभर हुने सम्भावित आपराधिक गतिविधिबारे पूर्वसूचना संकलनलाई प्रभावकारी बनाउँदै सुरक्षा रणनीतिलाई थप सुदृढ बनाउन तथा कुनै पनि आपराधिक घटना हुन नदिन उच्च सतर्कता अपनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
त्यसैगरी, विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन, नागरिकको सुरक्षा र सेवामा कुनै कमी हुन नदिन तथा दैनिक कामकारबाहीमा आम नागरिकलाई तत्काल आड, भरोसा र आवश्यक सहायता उपलब्ध गराउने गरी चुस्त र प्रभावकारी प्रहरी संयन्त्र निर्माणमा विशेष जोड दिनुभएको छ।
निमित्त आईजीपी अधिकारीले प्रहरी संगठनको व्यावसायिकता, जिम्मेवारीबोध र जनविश्वासलाई थप सुदृढ बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई समन्वय, अनुशासन र सक्रियताका साथ कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Facebook Comments Box
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
१ दिन अगाडि

1.7kViews 468 Shares Share on Facebook Share on Twitter काठमाडौं । भ्रष्टाचार अनुसन्धानको संवेदनशील सूचनाहरू चुहिएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान…

TOP
260 Shares