

आज देशभर मनसुनी प्रभाव, काठमाडौँसहित विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मनसुनी वायुको प्रभावका कारण विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ। यी क्षेत्रसहित डडेल्धुरा, दिपायल, जुम्ला, घोराही, धनकुटा, विराटनगर र धरानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै भैरहवा, सिमरा, जोमसोम र जनकपुरमा भने दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको छ।
तापक्रमतर्फ दिउँसो धनगढी र नेपालगञ्जमा सबैभन्दा बढी ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। जोमसोममा सबैभन्दा कम २३ देखि २५ डिग्री सेल्सियस तापक्रम रहनेछ। संघीय राजधानी काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ।
आज रातिसमेत देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। रातिको समयमा पोखरा, काठमाडौँ, विराटनगर र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशत रहेको छ। अन्य सहरहरूमा वर्षाको सम्भावना करिब ४० प्रतिशत रहेको छ।
राति जोमसोम र जिरीमा हल्का वर्षा हुने तथा अन्य अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको न्यूनतम तापक्रम जोमसोममा १४ देखि १६ डिग्री सेल्सियससम्म रहनेछ भने भैरहवा र जनकपुरमा सबैभन्दा बढी २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
काठमाडौँको न्यूनतम तापक्रम राति २० देखि २२ डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
-
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
-
आज देशभर मनसुनी प्रभाव, काठमाडौँसहित विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
होल्डिङ सेन्टरबाट जबरजस्ती हटाए शान्तिपूर्ण आन्दोलन गर्ने दल मर्दन कामीको चेतावनी
-
आज असार २३ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१ दिन अगाडि
1.2kViews 229 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौैंको काडाघारी क्षेत्रकी ३३ वर्षीया गोमा डुङेल सम्पर्कविहीन भएपछि…





