

कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
रौतहट । रौतहटको गरुडा नगरपालिका–५ झाझपुलस्थित एक मदिरा पसलबाट कटुवा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ताका अन्दाजी ४२ वर्षीय सदरे आलम रहेका छन्।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सोमबार पक्राउ परेका आलमसँग सोधपुछ गर्दा उनले मदिरा पसलको पछाडिको खेतमा गोली तथा नगद रकम लुकाएर राखेको खुलाएका थिए।
आलमलाई साथमा लिएर गरिएको खानतलासीका क्रममा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्यांक राउण्ड, कालो रङको पर्सभित्र रहेको भारतीय २४ हजार ५०० रुपैयाँ, नेपाली ३२ हजार ५०० रुपैयाँ तथा नाइट्राभेट ट्याब्लेट २ पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आलममाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





