ठमेलमा अश्लील गतिविधि गरेको आरोपमा तीन युगान्डाली महिला पक्राउ, प्रहरीमाथि अभद्र व्यवहारको आरोप

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अश्लील गतिविधि गर्दै पर्यटक र सर्वसाधारणलाई दुःख–हैरानी दिएको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका महिलाले ठमेल क्षेत्रमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषको बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने तथा अनावश्यक रूपमा हैरानी दिने गरेको उजुरीपछि प्रहरीले कारबाही अघि बढाएको हो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। त्यसपछि उनीहरूलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले पर्यटकीय क्षेत्रको शान्ति, सुरक्षा र मर्यादा कायम राख्न यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

Facebook Comments Box
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१ दिन अगाडि

1.2kViews 229 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौैंको काडाघारी क्षेत्रकी ३३ वर्षीया गोमा डुङेल सम्पर्कविहीन भएपछि…

TOP
398 Shares