

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री का छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन भन्दै पुर्जी जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भएकाले जयवीर देउवालाई विभागमा उपस्थित हुन भनिएको हो । विभागले जारी गरेको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाइएको छ ।
यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री लाई पनि जाँचबुझका लागि बोलाइसकेको छ । देउवा दम्पतीले भने विभागलाई साउन मसान्तसम्ममा उपस्थित हुने जानकारी गराएका थिए ।
सम्पत्ति शुद्धीकरण विभागले पछिल्लो समय उच्च पदस्थ व्यक्ति तथा उनीहरूसँग सम्बन्धित व्यक्तिहरूको आर्थिक गतिविधिबारे अनुसन्धान अघि बढाइरहेको छ । जयवीर देउवालाई जारी गरिएको पुर्जी सोही अनुसन्धान प्रक्रियाअन्तर्गत रहेको विभाग स्रोतले जनाएको छ ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





