

अदालतको आदेशपछि छुटेका अभिषेक गिरीलाई सीआईबीले पुनः पक्राउ गरी काठमाडौं लग्यो
मोरङ । आपराधिक लाभसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः पक्राउ गरी काठमाडौं लगेको छ।
गिरीलाई सोमबार राति विराटनगर विमानस्थल हुँदै काठमाडौं लगिएको हो। जिल्ला कारागार मोरङका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई मोरङ जिल्ला अदालतले सोमबार थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि प्रहरीले गिरीलाई भ्यानमार्फत विराटनगर विमानस्थल पुर्याएको थियो। तर, मोरङ प्रहरीले काठमाडौंमा गिरीविरुद्ध अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेको जनाउँदै उनलाई सीआईबीको जिम्मा लगाएको हो।
यसअघि सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न माग गर्दै गिरीलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएलगत्तै अदालत परिसरबाट बाहिरिने क्रममा सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो।
गिरीसँगै पक्राउ परेका सञ्जय मण्डल, विजय कामत र विनोदकुमार सिंहलाई भने मोरङ जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रहरीले गिरीलाई गत असार १३ गते विराटनगर–८ स्थित उनको निवासबाट पक्राउ गरेको थियो। सीआईबीले अब काठमाडौंमा जारी रहेको मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





