

घरजग्गा कारोबारमा देखियो ठूलो सुधार, तेस्रो त्रैमासमा १८३ अर्ब ९० करोडको किनबेच
काठमाडौँ । नेपालमा घरजग्गा कारोबारले पुनः गति लिन थालेको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबारका अधिकांश सूचकमा उल्लेख्य सुधार आएको देखाएको हो।
प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष घरजग्गा कारोबार सङ्ख्या, कारोबार भएको क्षेत्रफल, कुल मूल्य तथा सरकारी राजस्व संकलनमा वृद्धि भएको छ।
राष्ट्रियस्तरमा हेर्दा समीक्षा अवधिमा कुल घरजग्गा कारोबार सङ्ख्या ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो। यस्तै, लिखतपारित कारोबार ०.६२ प्रतिशत र राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा मात्रै १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार रकम १ खर्ब ७ करोड रुपैयाँ मात्र थियो।
घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको छ। प्रतिवेदनअनुसार घरजग्गाबाट प्राप्त राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत लाभकर संकलनमा ३१.४२ प्रतिशतको वृद्धि देखिएको छ।
यद्यपि, घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जाको वृद्धिदर भने केही सुस्त भएको छ। अघिल्लो वर्ष ७.५२ प्रतिशत रहेको यस्तो कर्जा वृद्धिदर यस वर्ष घटेर ५.५५ प्रतिशतमा सीमित भएको छ।
बागमतीमा तीव्र वृद्धि, मधेसमा केही गिरावट
प्रदेशगत विश्लेषण गर्दा घरजग्गा कारोबारमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। बागमतीमा राजीनामा कारोबार सङ्ख्या ३३.०१ प्रतिशतले बढेको छ। भने मधेस प्रदेशमा यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा कारोबार वृद्धि भएको छ।
कारोबार भएको क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशत वृद्धि भएको छ। मधेस प्रदेशमा भने क्षेत्रफल ९.३३ प्रतिशतले घटेको छ।
कुल कारोबार मूल्यका आधारमा भने सातवटै प्रदेशमा वृद्धि देखिएको छ। बागमती प्रदेशमा कारोबार मूल्य १३१.५२ प्रतिशतले बढेको छ भने मधेस प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशत वृद्धि भएको छ।
महानगरमा काठमाडौँ अगाडि
देशका छवटै महानगरपालिकामा घरजग्गा कारोबार सकारात्मक देखिएको छ। सबैभन्दा धेरै वृद्धि काठमाडौँ महानगरपालिकामा भएको छ, जहाँ कारोबार सङ्ख्या १०८.४२ प्रतिशतले बढेको छ।
त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार वृद्धि भएको छ।
काठमाडौँ महानगरपालिकामा कारोबार भएको क्षेत्रफल ११९.८९ प्रतिशत र कारोबार मूल्य २२३.१२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
उपमहानगरमा पनि सुधार
उपमहानगरपालिकाहरूमा समेत घरजग्गा कारोबारले सुधारको संकेत देखाएको छ। कलैया उपमहानगरपालिका बाहेक अन्य सबै उपमहानगरपालिकामा कारोबार सङ्ख्या बढेको छ।
बुटवल उपमहानगरपालिकामा कारोबार सङ्ख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ भने कलैयामा ६.९५ प्रतिशतले घटेको छ।
क्षेत्रफलका आधारमा कलैया र नेपालगञ्ज बाहेक अन्य उपमहानगरपालिकामा वृद्धि भएको छ। तुलसीपुरमा क्षेत्रफल ४२.७४ प्रतिशतले बढेको छ भने नेपालगञ्जमा ६८.२९ प्रतिशतले घटेको छ।
तर कारोबार मूल्य भने सबै ११ वटै उपमहानगरपालिकामा बढेको छ। मूल्य वृद्धिमा तुलसीपुर उपमहानगरपालिका सबैभन्दा अगाडि देखिएको छ, जहाँ कारोबार मूल्य १३४.४६ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकको प्रतिवेदनले पछिल्लो समय घरजग्गा बजारमा देखिएको सुस्तता क्रमशः हट्दै गएको र बजारमा पुनः गतिविधि बढ्न थालेको संकेत गरेको छ।
समाज
थप सामाग्री-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
-
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
-
आज देशभर मनसुनी प्रभाव, काठमाडौँसहित विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
होल्डिङ सेन्टरबाट जबरजस्ती हटाए शान्तिपूर्ण आन्दोलन गर्ने दल मर्दन कामीको चेतावनी
-
आज असार २३ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१ दिन अगाडि
1.2kViews 229 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौैंको काडाघारी क्षेत्रकी ३३ वर्षीया गोमा डुङेल सम्पर्कविहीन भएपछि…





