
काठमाडौँ उपत्यका र काभ्रेमा अझै बर्डफ्लुको जोखिम, देशभर ७.५४ लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ । देशका अधिकांश जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा बर्डफ्लु सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकमा सङ्क्रमण नियन्त्रणका प्रयास जारी छन्।
विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रको निरन्तर अनुगमन र नियन्त्रणका उपायहरू कार्यान्वयन भइरहेको उनले बताए।
विभागको तथ्याङ्कअनुसार हालसम्म देशभर बर्डफ्लु नियन्त्रणका क्रममा सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ।
त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा तथा ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।
डा. उपाध्यायका अनुसार सङ्क्रमण प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय तथा स्थानीय सरकारसँगको समन्वयमा प्रतिवेदन तयार गरिएको छ। सोही प्रतिवेदनका आधारमा सङ्क्रमित पन्छी नष्ट गर्ने, जोखिम नियन्त्रण गर्ने तथा थप फैलिन नदिन आवश्यक नियन्त्रणात्मक उपायहरू कार्यान्वयन गरिँदै आएको विभागले जनाएको छ।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





