

प्रतिनिधिसभा बैठक आज, महान्यायाधिवक्तादेखि अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२ पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, मन्त्री गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–२०८२ पनि सदनमा पेस गर्नेछिन्।
बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूचीमा समावेश गरिएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





