बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्व तयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्व तयारीमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिए ।हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन,” उनले भने, “रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने काम भइरहेको छ ।”जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई प्रवेश नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको प्रमुख महतले बताए ।उनका अनुसार कुखुरामा शङ्कास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।रासस

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
258 Shares