

दुई वर्षमै सचिवबाट मुख्यसचिवसम्मको यात्रा, गोविन्दबहादुर कार्की बने मुलुकका नयाँ प्रशासनिक नेतृत्वकर्ता
काठमाडौं । सरकारले वरिष्ठ प्रशासक गोविन्दबहादुर कार्कीलाई नेपालको मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिइन्।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। उनले प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखाको नेतृत्व गर्दै प्रशासन सुधार, सेवा प्रवाह र सुशासन प्रवर्द्धनसम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।
सचिवमा बढुवा भएको करिब दुई वर्षमै मुख्यसचिव बन्न सफल कार्की प्रशासनिक क्षेत्रमा अनुभवी र परिणाममुखी अधिकृतका रूपमा परिचित छन्। भोजपुरमा जन्मिएका कार्कीले निजामती सेवाका विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।
उनले यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए भने चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतका रूपमा समेत काम गरिसकेका छन्। प्रदेश प्रशासनमा पनि उनको अनुभव रहेको छ। उनले कोशी प्रदेश मन्त्रालयमा सचिव तथा बागमती प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारी निर्वाह गरेका थिए।
वि.सं. २०२७ साल पुसमा जन्मिएका कार्की २०७० सालमा सहसचिव भएका थिए। लामो प्रशासनिक अनुभव, नीति निर्माणमा दक्षता र सुशासनप्रतिको प्रतिबद्धताका कारण उनी निजामती वृत्तमा सक्षम प्रशासकका रूपमा चिनिँदै आएका छन्।
मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै कार्कीले संघीय प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने चुनौती पाएका छन्। प्रशासनिक स्थायित्व, सेवा प्रवाह सुधार र सुशासन प्रवर्द्धनमा उनको कार्यकाललाई महत्वपूर्ण रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





