UNCOPS 2026 मा प्रहरी महानिरीक्षक कार्कीको उच्चस्तरीय भेटवार्ता, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यमा जोड

काठमाडौं । पाँचौँ संयुक्त राष्ट्रसंघीय ‘चिफ अफ पुलिस समिट’ (United Nations Chiefs of Police Summit–UNCOPS 2026) मा सहभागी हुने क्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ सुरक्षा अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

समिटका क्रममा आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति अभियान, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय प्रहरी (UNPOL) को भूमिका तथा नेपाल प्रहरीको सहभागितालगायत विषयमा विभिन्न देशका प्रहरी प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको हो ।

भेटवार्ताका क्रममा विश्व शान्ति स्थापना अभियानमा नेपालको निरन्तर योगदान, शान्ति मिसनमा खटिने नेपाली प्रहरीको व्यावसायिक क्षमता, तालिम, अनुभव आदान–प्रदान तथा सुरक्षा चुनौती सामना गर्न आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा विशेष छलफल भएको जनाइएको छ ।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानलाई प्रभावकारी बनाउन भाषा दक्षता, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र व्यावसायिक प्रहरी सेवाको महत्वबारे समेत धारणा राख्नुभएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरिएको UNCOPS 2026 ले विश्वभरका प्रहरी नेतृत्वबीच सुरक्षा चुनौती, शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा अनुभव तथा रणनीति आदान–प्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा लामो समयदेखि सक्रिय सहभागिता जनाउँदै आएको छ । नेपाली प्रहरीको व्यावसायिकता, अनुशासन र योगदानका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सुरक्षा निकायको विश्वसनीयता थप बलियो बन्दै गएको छ ।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
103 Shares