साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार हालको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सामान्य अवस्थामा रहेको छ।
यस्तै, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नदेखिए पनि विभिन्न जिल्लाका साना नदीमा भने आकस्मिक बाढीको सम्भावना उच्च रहेको बताइएको छ।
आज पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुरलगायत आसपासका जिल्लामा बहने साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
यसैगरी इलाम, पाँचथर, गोरखा, अर्घाखाँची, काठमाडौं, चितवन, डोटी, डडेल्धुरा, नवलपरासी (पश्चिम), बर्दिया तथा आसपासका जिल्लाका केही साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
महाशाखाका अनुसार आगामी दुई दिनसम्म साना नदीमा बाढीको जोखिम कायमै रहनेछ। असार २६ गते कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ भने असार २७ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साना नदीमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा सावधानी अपनाउन तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…