

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट सैन्य आक्रमण
काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकाले इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकाले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार तथा अन्य सैन्य पूर्वाधारमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा भएका आक्रमणका लागि जिम्मेवार संरचनालाई निशाना बनाइएको हो।
यसको प्रत्युत्तरमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ। घटनापछि ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
दुवै पक्षबीच इरानको आणविक कार्यक्रम र स्थायी शान्ति सम्झौताबारे वार्ताको तयारी भइरहेका बेला भएको यो सैन्य तनावले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ।
यसैबीच, अमेरिकाले अन्तरिम व्यवस्थाअन्तर्गत इरानलाई दिइएको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बिक्रीसम्बन्धी विशेष अनुमति पनि खारेज गरेको जनाएको छ। यस कदमले विश्व ऊर्जा बजारमा थप दबाब पर्ने अनुमान गरिएको छ।
हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले त्यहाँ बढेको तनावले अन्तर्राष्ट्रिय जलयातायात र तेल बजारमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





