

सागमा शंखेकीरा भेटिएपछि भरतपुरको वैष्णव मिष्ठान्न भण्डार बन्द, ३ लाख जरिवाना
चितवन । भरतपुरस्थित चर्चित शाकाहारी रेस्टुरेन्ट वैष्णव मिष्ठान्न भण्डारको चौबीसकोठी आउटलेट सागमा शंखेकीरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले बन्द गराएको छ।
एक ग्राहकले खाना खाने क्रममा सागमा शंखेकीरा फेला पारेपछि प्रशासनमा उजुरी दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतको टोलीले रेस्टुरेन्टमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा सागमा शंखेकीरा भेटिनुका साथै खाना तार्न प्रयोग गरिएको तेलको गुणस्तरसमेत कमजोर रहेको पाइएपछि आउटलेट तत्काल बन्द गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए।
प्रशासनले होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर सुधार गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र पुनः सञ्चालन गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।
चितवनमा पछिल्लो समय होटल तथा रेस्टुरेन्टको खाद्य गुणस्तरबारे प्रशासनले निगरानी बढाएको छ। यसअघि भरतपुरस्थित लर्ड्स होटलमा गृहमन्त्री सुदन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि उक्त होटललाई पनि ३ लाख रुपैयाँ जरिवाना गरिएको थियो।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





