वैदेशिक अध्ययन कन्सल्टेन्सीका लागि कडा नियम, धरौटी र बैंकिङ भुक्तानी अनिवार्य

काठमाडौं । वैदेशिक अध्ययनलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले नयाँ नियमावली स्वीकृत गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) को मुख्य कार्यालय सञ्चालन गर्न २५ लाख रुपैयाँ र विदेशी शैक्षिक संस्थासँग सम्बन्धित कामका लागि ३५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, कन्सल्टेन्सीका प्रत्येक शाखाका लागि थप २५ लाख रुपैयाँ धरौटी अनिवार्य गरिएको छ। विद्यार्थी ठगी रोक्न अबदेखि कन्सल्टेन्सीले गर्ने सबै आर्थिक कारोबार बैंकिङ माध्यमबाट मात्र गर्नुपर्नेछ भने नगद कारोबारमा प्रतिबन्ध लगाइएको छ।

नयाँ नियमअनुसार कन्सल्टेन्सीको लापरवाहीका कारण विद्यार्थी विदेशमा अलपत्र परेमा त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित कन्सल्टेन्सीले नै लिनुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यो व्यवस्थाले वैदेशिक अध्ययनका नाममा हुने ठगी नियन्त्रण, विद्यार्थीको अधिकार संरक्षण र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएको छ।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
355 Shares