संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा आईजीपी कार्कीको सम्बोधन, अन्तर्राष्ट्रिय प्रहरी सहकार्यमा जोड

काठमाडौं । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा र कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

उहाँले साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौती कुनै एक राष्ट्रको प्रयासले मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम र प्रविधिको प्रभावकारी प्रयोगमार्फत सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ योगदान दिँदै आएको उल्लेख गर्दै विश्व शान्तिप्रति नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

उहाँले महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानुनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा पनि राख्नुभयो।

सम्बोधनका क्रममा उहाँले शान्ति र सुरक्षाका साझा चुनौतीहरूको समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि सबै राष्ट्र एकजुट हुनुपर्ने आह्वान गर्नुभयो।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
270 Shares