

प्रधानमन्त्री शाह र निर्माण व्यवसायीबीच विकास निर्माणका समस्या समाधानबारे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीबीच निर्माण क्षेत्रका समस्या, भुक्तानी र विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
बैठकमा निर्माण व्यवसायीहरूले समयमै भुक्तानी, ठेक्का व्यवस्थापन तथा आयोजना कार्यान्वयनमा देखिएका चुनौतीबारे आफ्ना धारणा राखेका थिए। त्यसक्रममा प्रधानमन्त्री शाहले ती विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै आवश्यक समन्वय र सहजीकरण गर्ने विश्वास दिलाउनुभएको थियो।
छलफलमा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप सुदृढ बनाउँदै विकास निर्माणका कामलाई प्रभावकारी, तीव्र र व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत सहमति भएको जनाइएको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





