
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर चालु धान रोपाइँ अभियानअन्तर्गत हालसम्म करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशीमा ३२ प्रतिशत र मधेसमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ।
विभागले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ थप तीव्र हुने अपेक्षा गरेको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा लक्ष्यअनुसार रोपाइँ अघि बढ्ने विश्वास विभागको छ।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





