

देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार

काठमाडौं — सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि उनका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।
मेहताका आफन्तले गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई आफ्ना माग सम्बोधन नगरेसम्म शव नउठाउने अडान लिएका छन्। उनीहरूले अस्पताल परिसरमा गृहमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका छन्।
परिवारले घटनामा संलग्न व्यक्तिलाई हालसम्म पक्राउ नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको तथा गोली चलाउने सुरक्षाकर्मीको पहिचान सार्वजनिक नगरिएको भन्दै दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।
उता, सुनसरीको कप्तानगञ्जमा पनि स्थानीयवासीले रुख ढालेर सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





