

आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरूले आर्थिक, सामाजिक, प्रशासनिक, स्वास्थ्य तथा समसामयिक विषयमा छलफल गर्दै विभिन्न प्रतिवेदन र विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिका विभिन्न उपसमितिहरूबाट प्रस्तुत प्रतिवेदनमाथि पेस तथा छलफल गरिनेछ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही, प्रगति विवरण तथा आगामी योजनाबारे आयोगका पदाधिकारीहरूसँग छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभिन्न कारागार कार्यालयहरूको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन पेस तथा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक चुनौती, समस्या र आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने दिउँसो साढे २ बजे बस्नेछ । उक्त बैठकमा मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल गरिनेछ ।
संसदीय समितिका यी बैठकहरूले सरकारका नीति, कानुन निर्माण प्रक्रिया र सार्वजनिक सरोकारका विषयमा थप मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन ?
-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…





