

रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल ५५ वर्षे उमेर हदका कारण साउन १५ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको एसएसपी पदमा चार जना प्रहरी अधिकृतबीच प्रतिस्पर्धा देखिएको छ।
रिक्त एक एसएसपी दरबन्दीका लागि इन्स्पेक्टर ब्याच २०५८ का प्रहरी अधिकृतहरू एसपी वासुदेव खतिवडा, प्रजीत केसी, राजकुमार सिलवाल र वीरेन्द्रबहादुर शाही प्रमुख दाबेदारका रूपमा रहेका छन्।
नेपाल प्रहरीमा एसएसपी दर्जाको बढुवा गृहसचिवस्तरीय निर्णयबाट हुने व्यवस्था छ। प्रहरी महानिरीक्षक (आईजीपी) को राय र समन्वयपछि गृहसचिवको अध्यक्षतामा बस्ने बढुवा समितिले वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन, सेवा अभिलेख र अनुशासनसम्बन्धी विवरणका आधारमा निर्णय गर्नेछ।
दाहालसँगै डीएसपीबाट एसपीमा बढुवा भएका १६ अधिकृतमध्ये अधिकांश यसअघि नै एसएसपीमा बढुवा भइसकेका छन्। अब बाँकी रहेका चार एसपीमध्ये कसले बाजी मार्ने भन्ने विषय प्रहरी वृत्तमा चासोका साथ हेरिएको छ।
वरिष्ठता र सेवा अभिलेखका आधारमा वीरेन्द्रबहादुर शाही र प्रजीत केसीलाई बलिया दाबेदारका रूपमा हेरिएको छ। दुवै जना २०५८ सालको इन्स्पेक्टर ब्याचका अधिकृत हुन्। उनीहरू २०७० साउन ६ गते एकैपटक डीएसपीमा बढुवा भएका थिए। शाहीलाई कार्यक्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अधिकृतका रूपमा लिइन्छ।
अर्कोतर्फ, वासुदेव खतिवडा र राजकुमार सिलवाल पनि बढुवा दौडमा रहेका छन्। खतिवडा र सिलवाल २०६९ फागुन १३ गते डीएसपीमा बढुवा भएका थिए। खतिवडा असईको पाँचौँ टोलीअन्तर्गत २०५५ कात्तिक १ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए भने २०५८ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर बनेका थिए।
यद्यपि, खतिवडा र सिलवालले विगतमा कार्यसम्पादनसँग जोडिएका विषयमा विभागीय कारबाही भोगेको चर्चा पनि बढुवा प्रक्रियासँगै उठेको छ। अब बढुवा समितिले सबै पक्षको मूल्याङ्कन गर्दै रिक्त एसएसपी पदका लागि उपयुक्त अधिकृत सिफारिस गर्नेछ।
प्रहरी संगठनभित्र अनुभवी र कार्यसम्पादनमा अब्बल अधिकृतलाई नेतृत्व तहमा लैजाने अपेक्षा भइरहेका बेला आगामी निर्णयलाई विशेष चासोका साथ हेरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





