आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

♈ मेष
धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक सुख–सुविधा जुटाउन खर्च हुन सक्छ, तर नयाँ लगानीबाट लाभ प्राप्त हुने सम्भावना छ।
शुभ रंग: सुन्तला | शुभ अंक:

♉ वृष
पारिवारिक विषयमा सबैको धारणा फरक हुन सक्छ, त्यसैले नयाँ निर्णयअघि छलफल गर्नु उचित हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। आर्थिक अवस्था सामान्य रहनेछ।
शुभ रंग: निलो | शुभ अंक:

♊ मिथुन
मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ भने व्यापारिक तथा कानुनी विषय अनुकूल बन्दै जानेछन्। स्वास्थ्य राम्रो रहनेछ।
शुभ रंग: खैरो | शुभ अंक:

♋ कर्कट
कार्यक्षेत्रमा तपाईंको क्षमता र योग्यताको सम्मान हुनेछ। व्यापारमा लाभ मिल्नेछ र अध्ययन–शिक्षामा प्रगतिको संकेत देखिन्छ। आत्मविश्वास बढ्नेछ।
शुभ रंग: केशरी | शुभ अंक:

♌ सिंह
आत्मविश्वास बढ्नेछ र सामाजिक तथा परोपकारी कार्यमा सक्रिय बन्नुहुनेछ। नयाँ अवसरको खोजीमा दौडधुप हुन सक्छ। नयाँ कामभन्दा पुराना अधुरा काम पूरा गर्नु लाभदायी हुनेछ।
शुभ रंग: कलेजी | शुभ अंक:

♍ कन्या
अपेक्षित नतिजा प्राप्त नभएपछि केही काम पुनः गर्नुपर्ने अवस्था आउन सक्छ। नयाँ कार्य सुरु गर्न सकिनेछ। खानपिनमा विशेष सावधानी अपनाउनुहोस्।
शुभ रंग: पहेंलो | शुभ अंक:

♎ तुला
दिगो लाभ दिने योजना सुरु गर्न अनुकूल दिन छ। आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आवश्यक पर्दा इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक:

♏ वृश्चिक
विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुनेछ। योजनाबद्ध रूपमा काम गरे सफलता मिल्नेछ। केही काम समयमा सम्पन्न नहुँदा सामान्य निराशा हुन सक्छ।
शुभ रंग: खैरो | शुभ अंक:

♐ धनु
समय र परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्नु बुद्धिमानी हुनेछ। सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। जिम्मेवारी पूरा गर्न अतिरिक्त मेहनत आवश्यक पर्नेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

♑ मकर
मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। पुरानो कामबाट लाभ मिल्ने संकेत छ। नयाँ काम सुरु गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। भावनामा बगेर निर्णय नगर्नुहोस्।
शुभ रंग: सेतो | शुभ अंक:

♒ कुम्भ
शिक्षा तथा बौद्धिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ।
शुभ रंग: हल्का निलो | शुभ अंक:

♓ मीन
घरपरिवारमा सुखद वातावरण रहनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ। मन प्रसन्न रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक:

Facebook Comments Box
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन…

TOP
15 Shares