आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष- आज सहकर्मी र साझेदारको सहयोगबाट महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक गतिविधिमा सक्रिय रहँदा मान सम्मान बढ्ने सम्भावना छ । पारिवारिक जिम्मेवारी बढे पनि दाजुभाइ तथा आफन्तको साथले काम सहज हुनेछ । अध्ययनमा रुचि बढ्नेछ भने मेहनतअनुसारको प्रतिफल प्राप्त हुने योग छ। स्वास्थ्य सामान्य रहनेछ।

वृष- नयाँ अवसर प्राप्त हुने सम्भावना रहेको दिन छ । प्रभावकारी प्रस्तुति र वाणीका कारण कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ । आर्थिक लाभका साथै रोकिएका काम अघि बढ्नेछन् । व्यक्तिगत चाहना पूरा गर्न खर्च बढ्न सक्छ । परिवार र जीवन साथीको साथले आत्मविश्वास बढ्नेछ ।

मिथुन- निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ । कार्य क्षेत्रमा नयाँ योजना लागू गर्दा सकारात्मक परिणाम मिल्ने सम्भावना छ । पारिवारिक वातावरण सुखद रहनेछ । प्रेम सम्बन्धमा खुलेर संवाद गर्न सके सम्बन्ध थप बलियो बन्नेछ । आर्थिक पक्ष सामान्य रहनेछ ।

कर्कट- आज स्वास्थ्य र खर्चतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । अनावश्यक चिन्ता वा भ्रममा नपरी आफ्नो लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ । आर्थिक कारोबार सोच विचार गरेर गर्नुहोस् । परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ ।

सिंह- कार्य क्षेत्रमा प्रतिस्पर्धीमाथि अग्रता हासिल गर्न सकिने दिन छ । व्यापार तथा व्यवसायमा लाभदायी अवसर प्राप्त हुन सक्छ । प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ । सहकार्यमा काम गर्दा जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गर्नु उपयुक्त हुनेछ ।

कन्या- बौद्धिक तथा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । शिक्षण, लेखन, परामर्श, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिका लागि दिन लाभदायी रहनेछ। व्यस्तता बढे पनि मेहनतको उचित मूल्यांकन हुनेछ । आर्थिक पक्ष सन्तोषजनक रहनेछ ।

तुला- भाग्यले साथ दिने दिन छ । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । आफन्त र सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागिता जनाउँदा मनमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

वृश्चिक- काममा केही चुनौती देखिए पनि धैर्यका साथ अघि बढ्दा सफलता प्राप्त हुनेछ । स्वास्थ्यप्रति लापरवाही नगर्नु राम्रो हुनेछ । अनावश्यक विवादबाट टाढा रहनु उपयुक्त हुनेछ । अध्ययन र करियरमा निरन्तर प्रयासले सकारात्मक परिणाम दिनेछ ।

धनु- आज सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । कला, मनोरञ्जन तथा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिले राम्रो उपलब्धि हासिल गर्न सक्छन् । प्रेम सम्बन्धमा खुसी र आत्मीयता बढ्नेछ । नयाँ योजना सुरु गर्न समय अनुकूल देखिन्छ ।

मकर- कार्य क्षेत्रमा सावधानी अपनाउनु आवश्यक देखिन्छ । सानो गल्तीले पनि आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, त्यसैले आराम र खानपानमा ध्यान दिनुहोस् । परिवारको सहयोगले आत्मबल बढ्नेछ ।

कुम्भ- नयाँ ज्ञान हासिल गर्ने र सीप विकास गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थी तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि दिन फलदायी रहनेछ । परिवारका सदस्यसँग आर्थिक विषयमा छलफल हुन सक्छ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्नु लाभदायी हुनेछ ।

मीन- घर परिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्नेछ । अनुभवी व्यक्तिको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ । रोकिएका काम क्रमशस् अघि बढ्नेछन्। वैदेशिक यात्रा वा नयाँ योजनाका लागि गरिएको प्रयास सकारात्मक दिशातर्फ अघि बढ्ने सम्भावना छ । आर्थिक पक्ष पनि क्रमश,सुधार हुँदै जाने संकेत देखिन्छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
30 Shares