३० जिल्लाका स-साना नदीमा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न ३० जिल्लामा बहने स-साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले बिहीबार बिहान जारी गरेको पूर्वानुमान सूचनामार्फत सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार हाल देशका ठूला नदीहरूको अवस्था भने सामान्य रहेको छ। बिहीबार बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको छ। त्यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामा रहेको जनाइएको छ।

पूर्वानुमानअनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीलगायत जिल्लाका स-साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

महाशाखाले ती क्षेत्रका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी आसपासका बस्ती, सडक तथा पूर्वाधारमा सावधानी अपनाउन आग्रह गरेको छ।

यसैगरी आगामी भोलि र पर्सिसमेत सातै प्रदेश भएर बहने केही स-साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको अवस्था हेरी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
15 Shares