भारतबाटै शेख हसिनाको घोषणा– ‘म डिसेम्बरमा आफ्ना नागरिकबीच फर्किनेछु’

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। भारतमा रहेकी हसिनाले बुधबार साँझ अडिओ माध्यममार्फत पत्रकार सम्मेलन गर्दै आफू पुनः आफ्ना नागरिकबीच फर्किने बताएकी हुन्।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा पनि हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने योजना रहेको खुलासा गरेकी थिइन्। तर पछिल्लो पटक उनले सार्वजनिक रूपमा नै स्वदेश फर्किने तयारीबारे स्पष्ट संकेत दिएकी हुन्।

पत्रकार सम्मेलनमा हसिनाले भनिन्, “म मेरा नागरिकहरूकहाँ फर्कन्छु। म यसअघि पनि कैयौँ पटक गिरफ्तार भएकी छु, तर हरेक पटक देश फर्किएकी छु। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति मेरो विश्वास कायम छ।”

यद्यपि, उनले स्वदेश फर्किने यकिन मिति र समय भने तत्काल सार्वजनिक नगरेकी छैनन्। उनले उपयुक्त समयमा त्यसबारे जानकारी दिने बताएकी छन्।

शेख हसिना १५ वर्षभन्दा लामो समय बंगलादेशको नेतृत्वमा रहेकी थिइन्। सन् २०२४ जुलाई–अगस्टमा चर्किएको विद्यार्थी आन्दोलनपछि राजनीतिक संकट गहिरिँदा उनले देश छाडेर भारतमा शरण लिएकी थिइन्।

लामो समय सत्ताको केन्द्रमा रहेकी हसिनाको सम्भावित स्वदेश फिर्तीलाई बंगलादेशको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। उनको पुनरागमनले देशको राजनीतिक समीकरणमा नयाँ बहस र प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
15 Shares