ग्वार्कोमा बस दुर्घटना: एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएका १० जनालाई उपचारका लागि बी एन्ड बी अस्पताल पठाइएको छ।

घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिल सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार बस अनियन्त्रित भई पुलको पर्खालमा ठोक्किएको अनुमान गरिएको छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
15 Shares