भदौभित्र ८ जिल्लाका करिब ५०० भूमिहीन परिवारलाई लालपूर्जा वितरण गरिने

काठमाडौं — सरकारले आगामी भदौ महिनाभित्र देशका ८ जिल्लाका करिब ५०० भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) वितरण गर्ने तयारी गरेको जनाएको छ।

सरकारका अनुसार सम्बन्धित जिल्लामा नापजाँच, अभिलेख प्रमाणीकरण तथा अन्य कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक प्रक्रिया पूरा भएका लाभग्राहीलाई चरणबद्ध रूपमा लालपूर्जा उपलब्ध गराइनेछ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले उनीहरूको भूमि अधिकार सुनिश्चित गर्नुका साथै सामाजिक र आर्थिक अवस्थासमेत सुधार हुने अपेक्षा गरिएको सरकारको भनाइ छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
Shares