

लन्डनमा हुनेछ निम्स दाइको अन्तिम बिदाइ

काठमाडौं — पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम संस्कार बेलायतको लन्डनमा गरिने भएको छ।
गत साउन १४ गते आरोहणका क्रममा भएको दुर्घटनामा निम्स दाइको निधन भएको थियो। उनी १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीका टोली नेता थिए। परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्तिम संस्कार गर्ने तयारी गरिएको हो।
साउन १७ गते शवको पहिचान भए पनि प्रतिकूल मौसम र दुर्गम हिमाली भूगोलका कारण उद्धारमा ढिलाइ भएको थियो। बुधबार उद्धार टोलीले शवलाई सुरक्षित रूपमा बेसक्याम्पमा ल्याउन सफल भएको जनाएको छ।
निम्स दाइका दाजु कमलबहादुर पुर्जाका अनुसार अन्तिम संस्कारपछि जन्मस्थान म्याग्दी र बाल्यकाल बिताएको चितवनमा पनि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ। आवश्यक कानुनी तथा धार्मिक प्रक्रिया पूरा गरेर परिवारको सहमतिमा अन्तिम संस्कार गरिने उनले बताएका छन्।
निम्स दाइको कम्पनी एलिट एक्सपिडिसन्सका अनुसार निम्स दाइसहित अन्य तीन आरोहीको शव पनि कठिन उद्धार अभियानपछि बेसक्याम्पमा ल्याइएको छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।
उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।
अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने विश्व कीर्तिमान बनाएका निम्स दाइका नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड रहेका छन्। उनी बेलायती महारानीबाट एमबीई (MBE) सम्मान प्राप्त गर्ने पहिलो नेपालीका रूपमा पनि परिचित थिए।
उनको निधनले नेपालसँगै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा गहिरो शोक छाएको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन ?
-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…





