नेपालगञ्ज रोड–बहराइच रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं — भारतको उत्तर–पूर्व रेलवेका प्रमुख इन्जिनियर तुषार पाण्डेले नेपालगञ्ज रोड रेलवे स्टेशन तथा बहराइच–रुपैडिहा रेलखण्डको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा उनले निर्माणको प्रगति, रेलमार्ग, स्टेशन तथा अन्य प्राविधिक संरचनाको अवलोकन गर्दै सम्बन्धित प्राविधिक टोलीसँग प्रगति समीक्षा गरेका थिए। कार्यक्रममा विभिन्न विभागका रेलवे अधिकारी तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो।

रेलवेका अनुसार उक्त रेलखण्डमा रेल सुरक्षा आयुक्त (CRS) को निरीक्षण, विद्युतीकरण, स्पिड ट्रायल तथा आवश्यक अन्य प्राविधिक परीक्षणहरू सम्पन्न भइसकेका छन्। अब बाँकी औपचारिक प्रक्रिया पूरा भएपछि नेपालगञ्ज रोड–बहराइच रेल सेवा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

यो रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारत सीमावर्ती क्षेत्रका यात्रुलाई आवागमनमा सहज हुने तथा क्षेत्रीय यातायात सम्पर्क थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
Shares