

राष्ट्रियसभाको बैठक सुरु, गृहमन्त्री र महिला तथा सामाजिक सुरक्षा मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं — राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय गरिएको छ।
बैठकमा नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन ?
-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…





