पुँजीगत खर्च बढाउन नीतिगत सुधार सुरु गरिएको अर्थमन्त्री वाग्लेको भनाइ

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत तथा प्रक्रियागत सुधारका काम अघि बढाएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले विगतको बजेट कार्यान्वयनको प्रवृत्तिमा परिवर्तन गर्दै पुँजीगत खर्चलाई ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए।

अर्थमन्त्री वाग्लेका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्नुमा विगतका नीतिगत निर्णय, निर्माण व्यवसायीले भोग्नुपरेका समस्या तथा प्रक्रियागत ढिलाइ मुख्य कारण रहेका छन्। उनका अनुसार करिब ११८ अर्ब रुपैयाँ बराबरका ठेक्का स्थगित भएका कारण पुँजीगत खर्च करिब ५० प्रतिशतको हाराहारीमा सीमित भएको हो।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले तीनवटा प्रमुख सुधार लागू गरेको पनि उनले जानकारी दिए। तीमध्ये पहिलो सुधारअन्तर्गत सम्बन्धित मन्त्रालयलाई अर्थ मन्त्रालयको पूर्वस्वीकृति बिना नै आवश्यक रकमान्तर गर्न सक्ने अधिकार प्रदान गरिएको छ। यस व्यवस्थाले बजेट खर्च प्रक्रिया छिटो हुने र विकास आयोजनाको कार्यान्वयनमा गति आउने सरकारको अपेक्षा रहेको मन्त्री वाग्लेले बताए।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
Shares