३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य, २१ दिनभित्र आवेदन दिन विभागको आग्रह

काठमाडौं — भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो मूल्यका घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत इजाजतपत्रका लागि आवेदन दिन आग्रह गरेको छ।

विभागका अनुसार एक पटकमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य गरिएको छ। सम्बन्धित संस्था तथा कम्पनीले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

कारोबारको आकारअनुसार इजाजतपत्र दस्तुर पनि निर्धारण गरिएको छ। ५ करोड रुपैयाँसम्मको कारोबारका लागि ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढीको कारोबारका लागि १० लाख रुपैयाँ दस्तुर लाग्ने विभागले जनाएको छ।

यसअघि आवेदन दिए पनि इजाजतपत्र नलिएका फर्म तथा कम्पनीले समेत नयाँ व्यवस्थाअनुसार पुनः आवेदन दिनुपर्नेछ। आवेदनसँगै आवश्यक कागजातका साथै नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने विभागले जनाएको छ।

विभागले तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी इजाजतपत्र लिन सम्बन्धित सबै फर्म, कम्पनी तथा संस्थालाई आग्रह गरेको छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
Shares