

देउवा पक्राउको माग गर्दै जेनजी आन्दोलनको सरकारसँग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किनुअघि नै उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग उठेको छ। जेनजी आन्दोलन नेपालले देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष र पारदर्शी अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको हो।
जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवासँग सम्बन्धित विभिन्न सार्वजनिक प्रश्न तथा विवादबारे तत्काल छानबिन गर्न माग गरिएको छ। देउवाको निवासबाट ठूलो परिमाणमा स्वदेशी तथा विदेशी रकम भेटिएको भन्ने सार्वजनिक विवरणमाथि समेत अनुसन्धान गर्न आग्रह गरिएको छ।
वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत प्रकरणमा उठेका प्रश्नको निष्पक्ष अनुसन्धान हुनुपर्ने जेनजी आन्दोलनको माग छ। अनुसन्धानका क्रममा दोषी प्रमाणित भए सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने पनि आन्दोलनले जनाएको छ।
समाज
थप सामाग्री
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
२० घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ…





