उपचारपछि पूर्वप्रधानमन्त्री देउवा काठमाडौं फर्किए

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि बिहीबार दिउँसो काठमाडौं फर्किएका छन्।

थाइल्यान्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका देउवालाई स्वागत गर्न कांग्रेसका नेताहरू विमानस्थल पुगेका थिए। लामो उपचारपछि स्वदेश फर्किएका देउवाको आगामी राजनीतिक सक्रियता र पार्टीभित्रको भूमिकालाई लिएर चासो बढेको छ।

Facebook Comments Box
TOP
Shares