

ग्यास वितरणमा निगरानी बढाउन उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन

500Views
0
Shares
काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा वितरणलाई सहज र व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालयमार्फत प्रहरी परिचालन गरिएको जनाइएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवको पहलमा वितरण केन्द्रमा निगरानी बढाइएको मन्त्रीको सचिवालयले जनाएको छ।
ग्यास वितरणमा हुन सक्ने अनियमितता तथा कृत्रिम अभाव नियन्त्रण गरी वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण सुनिश्चित गर्ने उद्देश्यले निगरानी बढाइएको बताइएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
२२ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ…





