

पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन उल्लङ्घनको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थपको माग गर्दै आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ।
प्रहरी नियन्त्रणमा रहेका श्रेष्ठलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो भने आज बिहान जनआस्था कार्यालयमा समेत खानतलासी गरिएको जनाइएको छ।
श्रेष्ठको पक्राउ तथा सञ्चारगृहमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघ र नेपाल मिडिया सोसाइटीलगायतले आपत्ति जनाएका छन्। उनीहरूले घटनाले प्रेस स्वतन्त्रता र पत्रकारिताको अधिकारमाथि प्रश्न उठाएको भन्दै श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघका पदाधिकारीहरूले काठमाडौं जिल्ला प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिँदै प्रेस स्वतन्त्रताको सम्मान र पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। घटनासँगै व्यक्तिगत गोपनीयता र प्रेस स्वतन्त्रताबीचको कानुनी सीमाबारे बहससमेत चर्किएको छ।
समाज
थप सामाग्री
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
१९ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ…





