

उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संसदीय समितिमा परेको उजुरीकै आधारमा कसैलाई दोषी करार गर्दै चरित्रहत्या गर्न नमिल्ने बताउनुभएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, गृहसचिव राजकुमार श्रेष्ठलगायत अधिकारीमाथि सार्वजनिक लेखा समितिको बैठकमा प्रस्तुत गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै उहाँले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने स्पष्ट पार्नुभएको हो।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफू अनुपस्थित रहेको अवस्थामा सार्वजनिक लेखा समितिमा गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
“उजुरीका भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसका आधारमा कसैको चरित्रहत्या गर्न पाइँदैन,” उहाँले भन्नुभयो।
गृहमन्त्री गुरुङले संसदीय समितिमा उजुरी तथा आरोपमाथि छलफल हुनु स्वाभाविक भए पनि त्यस क्रममा सम्बन्धित व्यक्तिको प्रतिष्ठा, मर्यादा र कानुनी प्रक्रियालाई समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
उहाँले छानबिनबाट आरोप पुष्टि भए कानुनबमोजिम कारबाही अघि बढाउन सकिने तर अनुसन्धान पूरा नहुँदै सम्बन्धित व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्नु उचित नहुने बताउनुभयो।
“यो राम्रो भएन। यसमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी यसबाट खुसी छैनौँ,” गृहमन्त्री गुरुङले भन्नुभयो।
गृहमन्त्रीको यो अभिव्यक्तिसँगै संसदीय समितिमा उजुरीमाथि हुने छलफल, आरोपित व्यक्तिको कानुनी अधिकार तथा संसदीय मर्यादाबारे पुनः बहस सुरु भएको छ।
समाज
थप सामाग्री-
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
-
काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह
-
लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की
-
प्रेसको घाँटी निमोठेर राज्य बलियो हुँदैन
-
प्रेसमाथिको हस्तक्षेप अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालाको माग
आज साउन ३० गते शनिबार,यस्तो छ तपाईको राशिफल
४ घण्टा अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज काममा नयाँ जिम्मेवारी पाउने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ…





