

कालीमाटीमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, सागसब्जी, च्याउ, मसला तथा माछालगायतका कृषिउपजको मूल्य तोकिएको हो।
समितिका अनुसार आज ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ७० रुपैयाँ तथा भारतीय ८० रुपैयाँ निर्धारण भएको छ। सानो गोलभेँडा लोकल ४० र टनेल ५८ रुपैयाँ प्रतिकिलो छ। आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३ तथा भारतीय ३७ रुपैयाँ प्रतिकिलो रहेको छ। आलु सेतो ३५ र सुकेको भारतीय प्याज ६४ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १२०, तराई गाजर ८०, बन्दा ४५, स्थानीय काउली १००, रातो मूला ३०, लाम्चो भन्टा ५० र डल्लो भन्टा ६० रुपैयाँ कायम गरिएको छ।
बोडी तने ९०, मकै बोडी १००, लोकल घिउ सिमी ९०, हाइब्रिड घिउ सिमी ८०, टाटे सिमी ८० तथा भटमासकोसा १२० रुपैयाँ प्रतिकिलो छ। त्यस्तै, तिते करेला ५०, लौका ६०, परवर ६०, चिचिण्डो ३०, घिरौँला ३०, झिगुनी ६०, फर्सी ६०, भिन्डी ६०, पिँडालु १०० र स्कुस ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १३०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ रहेको छ। च्याउमध्ये कन्य च्याउ २८०, डल्ले ४००, राजा च्याउ ३३० तथा सिताके च्याउ सबैभन्दा महँगो प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।
अन्य कृषिउपजमा कुरिलो प्रतिकिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५०, पुदिना ५००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६० र गुन्द्रुक ३५० रुपैयाँ निर्धारण भएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३००, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती २५०, अनार ४००, मालदह आँप २८० र चोसा आँप २५० रुपैयाँ प्रतिकिलो छ। हरियो तरबुजा ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १५, रुख कटहर ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २०० तथा नेपाली मेवा ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, भारतीय मेवा १२०, लप्सी ६०, अमला २८०, एभोकाडो ५००, काँचो नरिवल ८०, हरियो नरिवल १७० तथा नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
मसला तथा अन्य सामग्रीतर्फ अदुवा प्रतिकिलो २३०, सुकेको खुर्सानी ५५०, हरियो खुर्सानी लाम्चो र बुलेट ७०–७०, माछे खुर्सानी ६० तथा अकबरे खुर्सानी ३०० रुपैयाँ रहेको छ। भेडे खुर्सानी ५०, हरियो लसुन १८०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २०० तथा सुकेको छ्यापी २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार, ताजा रहु ३७०, बचुवा ३३० र छडी माछा ३३० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।
समितिले तोकेको मूल्य अधिकतम थोक मूल्य भएकाले बजारमा खुद्रा मूल्य भने स्थान, गुणस्तर, आपूर्ति तथा मागअनुसार केही फरक पर्न सक्नेछ।
समाज
थप सामाग्री-
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
-
काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह
-
लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की
-
प्रेसको घाँटी निमोठेर राज्य बलियो हुँदैन
-
प्रेसमाथिको हस्तक्षेप अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालाको माग
आज साउन ३० गते शनिबार,यस्तो छ तपाईको राशिफल
४ घण्टा अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज काममा नयाँ जिम्मेवारी पाउने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ…





