

भारतको ८०औँ स्वतन्त्रता दिवस : लाल किल्लाबाट मोदीले फहराए तिरंगा

एजेन्सी । भारतले शनिबार ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित ऐतिहासिक लाल किल्लाबाट राष्ट्रिय झण्डा ‘तिरंगा’ फहराउँदै राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
लाल किल्लाबाट मोदीले गरेको यो लगातार १३औँ स्वतन्त्रता दिवसको सम्बोधन हो। सम्बोधनअघि उनले तीनवटै सशस्त्र बल तथा दिल्ली प्रहरीका सुरक्षाकर्मी सम्मिलित गार्ड अफ अनरबाट सलामी ग्रहण गरेका थिए।
गार्ड अफ अनरपछि प्रधानमन्त्री मोदीले लाल किल्लामा राष्ट्रिय झण्डा फहराएका थिए। झण्डोत्तोलनसँगै स्वदेशमा निर्मित १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइएको थियो।
स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीले शनिबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत देशवासीलाई शुभकामना व्यक्त गरेका थिए। उनले भारतको स्वतन्त्रता संघर्षमा योगदान पुर्याउने वीर–वीराङ्गना तथा देश निर्माणमा योगदान पुर्याउने नागरिकप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
लाल किल्लाबाट हुने प्रधानमन्त्रीको वार्षिक सम्बोधनलाई भारतको राष्ट्रिय दिवस समारोहको प्रमुख आकर्षणका रूपमा लिइन्छ। यस सम्बोधनमार्फत सरकारले आगामी वर्षका प्राथमिकता, राष्ट्रिय विकासका योजना तथा विभिन्न नीतिगत विषयबारे धारणा सार्वजनिक गर्दै आएको छ।
समाज
थप सामाग्री-
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
-
काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह
-
लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की
-
प्रेसको घाँटी निमोठेर राज्य बलियो हुँदैन
-
प्रेसमाथिको हस्तक्षेप अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालाको माग
आज साउन ३० गते शनिबार,यस्तो छ तपाईको राशिफल
४ घण्टा अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज काममा नयाँ जिम्मेवारी पाउने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ…





