

कालीमाटी बजारमा आजका तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, हरियो सागसब्जी, मसला तथा माछालगायतका कृषिउपजको मूल्य निर्धारण गरिएको हो।
समितिका अनुसार ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ७० रुपैयाँ तथा भारतीय ८० रुपैयाँ कायम गरिएको छ। सानो गोलभेँडा लोकल ४० र टनेल ५७ रुपैयाँ प्रतिकिलो रहेको छ। आलु रातो लाम्चो ५१, गोलो ५३, मुढे ५३, भारतीय ४० तथा सेतो आलु ३७ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, लोकल गाजर प्रतिकिलो १२०, तराई गाजर ८०, लोकल बन्दा ४५, स्थानीय काउली १००, रातो मूला ३०, हाइब्रिड सेतो मूला ३०, लाम्चो भन्टा ४० र डल्लो भन्टा ५० रुपैयाँ कायम भएको छ।
हरियो तरकारीतर्फ बोडी तने ९०, मकै बोडी १००, लोकल घिउ सिमी ९०, हाइब्रिड घिउ सिमी ८०, टाटे सिमी ८०, भटमास कोसा १२०, तीते करेला ५०, लौका ६०, परवर ६०, चिचिण्डो ३०, घिरौँला ३०, झिगुनी ६०, पाकेको फर्सी ६०, हरियो फर्सी ६०, भिन्डी ६०, पिँडालु १०० र स्कुस ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीमा रायोसाग प्रतिकिलो १३०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ रहेको छ। च्याउतर्फ कन्य च्याउ २८०, डल्ले च्याउ ४५०, राजा च्याउ ३३० तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अन्य तरकारी तथा कृषि उपजमा कुरिलो प्रतिकिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५०, पुदिना ५००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६० र गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३००, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती २५०, अनार ३५०, मालदह आँप २८०, चोसा आँप २५० र हरियो तरबुजा ६० रुपैयाँ प्रतिकिलो रहेको छ। जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १५, लोकलक्रस काँक्रो ५०, रुख कटहर ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २००, नेपाली मेवा ९० र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
त्यस्तै, लप्सी प्रतिकिलो ६०, अमला २८०, एभोकाडो ५००, काँचो नरिवल ८०, हरियो नरिवल १७० तथा नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसला तथा अन्य सामग्रीमा अदुवा प्रतिकिलो २३०, सुकेको खुर्सानी ५५०, लाम्चो हरियो खुर्सानी ७०, बुलेट खुर्सानी ७०, माछे खुर्सानी ६०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ५०, हरियो लसुन २००, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २०० र सुकेको छ्यापी २०० रुपैयाँ प्रतिकिलो रहेको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार, ताजा रहु माछा ३७०, बचुवा ३३० तथा छडी माछा ३३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।
समितिले निर्धारण गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले खुद्रा बजारमा उपभोक्ताले खरिद गर्ने मूल्य भने स्थान, गुणस्तर, आपूर्ति तथा बजारको अवस्थाअनुसार फरक पर्न सक्नेछ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





