

पक्राउ परेपछि आफैँले फैलाए अपहरणको अफवाह, क्रिप्टो कारोबारमा संलग्न २१ वर्षीय युवक प्रहरी हिरासतमा

काठमाडौं । ललितपुरको टीकाथली बस्ने २१ वर्षीय पुष्पेश भाटले प्रहरीको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले आफू अपहरणमा परेको अफवाह फैलाएको खुलेको छ।
क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका तथा सामाजिक सञ्जालमा दर्जनौँ नक्कली आइडी सञ्चालन गरेको पाइएपछि प्रहरीले भाटलाई गत २३ साउनमा कोटेश्वरको नरेफाँटबाट पक्राउ गरेको थियो। पक्राउलगत्तै उनले भाइ शुभम भाटमार्फत आफू अज्ञात समूहबाट अपहरणमा परेको भन्दै अफवाह फैलाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार भाट क्रिप्टो कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएपछि उनको गतिविधिमाथि निगरानी बढाइएको थियो। अनुसन्धानका क्रममा उनका दर्जनौँ नक्कली सामाजिक सञ्जाल खाता रहेको समेत खुलेपछि उनलाई पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार भाटलाई कार्यालयमा उपस्थित हुन पटक–पटक आग्रह गरिएको थियो। तर, उनले प्रहरीलाई विभिन्न माध्यमबाट धम्की दिँदै आएको बताइएको छ। त्यसपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। २३ साउनको अपराह्न उनको लोकेसन नरेफाँटमा देखिएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। सोही क्रममा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेपछि भने भाटले आफू अज्ञात समूहबाट अपहरणमा परेको भन्दै अफवाह फैलाउन लगाएका थिए। उनले आफ्नो परिवारलाई समेत तत्काल प्रहरीसमक्ष नबोलाउन आग्रह गरेका थिए।
प्रहरीले अभिभावकलाई बोलाउन आग्रह गरे पनि भाटले हिरासतमै बस्ने अडान लिएका थिए। दुई दिनसम्म पनि अभिभावक सम्पर्कमा नआएपछि प्रहरीले आफैँ उनको परिवारसँग सम्पर्क गरेको थियो।
परिवारसँग बुझ्दा भाटका अस्वाभाविक गतिविधिबारे उनीहरू पहिलेदेखि नै जानकार रहेको खुलेको प्रहरीले जनाएको छ। परिवारले पटक–पटक त्यस्ता गतिविधि रोक्न आग्रह गरे पनि उनले अटेर गर्दै आएको प्रहरीको भनाइ छ।
हाल प्रहरी वृत्त मालीगाउँको हिरासतमा रहेका भाटविरुद्ध अभद्र व्यवहार कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले क्रिप्टो कारोबार, नक्कली सामाजिक सञ्जाल खाता तथा अपहरणको अफवाह फैलाइएको विषयमा थप अनुसन्धान अघि बढाइरहेको छ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





