सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढ्यो, तोलाको ३ लाख ५ हजार २ सय

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै एकैदिन सुनको मूल्य ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ।

Facebook Comments Box
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

TOP
45 Shares