

किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ यूकेको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघ, यूकेले आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघले समाचार प्रकाशन, सम्पादकीय सामग्री तथा अभिव्यक्तिसँग सम्बन्धित विषयलाई लिएर पत्रकारलाई धरपकड तथा गिरफ्तार गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानमाथिको हस्तक्षेप भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारलाई पक्राउ गरी समग्र पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने, दबाब सिर्जना गर्ने वा स्वतन्त्र पत्रकारितालाई प्रभावित पार्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
‘नेपाल पत्रकार महासंघ, यूके वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकड तथा गिरफ्तारीको कडा निन्दा र विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
श्रेष्ठलाई साउन २७ गते राति ललितपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी हाल प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेको बताइएको छ ।
समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पक्राउ परेका श्रेष्ठको रिहाइको माग गर्दै विभिन्न पत्रकार संगठन, नागरिक अगुवा तथा राजनीतिक दलहरूले समेत आवाज उठाउँदै आएका छन् । महासंघ यूकेले पनि पत्रकारमाथिको धरपकडले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्न सक्ने भन्दै तत्काल रिहाइ र प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गरेको हो ।
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





